काठमाण्डौं । लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश ‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द गीतकार रमेश लुइँटेलको रहेको छ ।
यस गीतको संगीतकार आधार तुम्बापोले संगीतवद्द गरेका हुन् । गीतमा कर्म ग्याल्छेन बम्जनको संगीत संयोजन रहेको छ ।
साथ छुट्ला भन्ने डरले आफ्नो शारिरीक समस्या प्रेमिकालाई नभन्दा सिर्जना भएको दुखद परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा सुजिता सिवाकोटी, दिपेश परियार र श्रीयम लामाको अभिनय देख्न सकिन्छ ।
राम केसीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । टिम मुक्तिनाथको निर्देशनमा भिडियो तयार पारिएको हो । नेपाली मेलोडिज’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।




















