गोरखा । नामजुङमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका लागि आकांक्षीहरुको भिड नै लागेको छ । शहिद लखन गाउँपालिका ९ मा पर्ने नामजुङमा वडाध्यक्षका लागि रामप्रसाद लामिछानेदेखी शशासन श्रेष्ठ समेतको दावी परेको हो ।
अध्यक्षमा सर्व सम्मत हुन नसके पछि नेपाली काँग्रेस वडा समितिले शुक्रबार नेपाली काँग्रेस शहिद गाउँपालिकालाई उम्मेदवारी दावी गर्ने सबैको नामावली पठाएको छ । अध्यक्षका लागि लामिछाने र श्रेष्ठ बाहेक पनि कोमलबहादुर खड्का, तिलप्रसाद काप्री र बलराज थापाको नाम गाउँपालिकामा पठाएको छ ।
सदस्य पदहरुमा पनि नामजुङमा आवश्यता भन्दा बढी आकांक्षी देखिएको खुल्ला महिला तर्फ कमला ढकाल, सिता पाण्डे र मिश्रीमायाँ लामिछानेको दावी रहेको छ ।
उता दलित महिलामा भने शोभा नेपालीको मात्र दावी देखिएको छ ।
त्यस्तै गरी खुल्ला पुरुष तर्फ ७ जनाले दावी गरेका छन् । जसमा बुद्वीबहादुर खड्का, कृण्णप्रसाद ढकाल, राजेन्द्र लामिछाने, श्यामजी काप्री, धनबहादुर गुरुङ, सुर्यप्रसाद काप्री र सन्तोष जंग थापाले दावी गरेको नेपाली काँग्रेस वडा पार्टी कार्यालय नामजुङले जनाएको छ ।



