गोरखा । गोरखा नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट ७ जनाले दावी गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि वडा नम्बर ६ मा वडा अध्यक्षका लागि ७ जनाले उम्मेद्वार परेको नेपाली काँग्रेस नगर समितिले जनाएको छ ।
दावी गर्नेहरु मध्ये हालका अध्यक्ष नारायणप्रसाद अर्यालदेखी नेपाली काँग्रेस गोरखाका जिल्ला सदस्य एवं प्रवक्ता भगवानबाबु मास्के समेतको दावी रहेको छ । त्यस्तै गरी नगर कार्यपालिका सदस्य रञ्जिला श्रेष्ठ, हालका वडा सदस्य तथा तरुण दल गोरखाका अध्यक्ष आनन्द गुरुङ (काजी), नेपाली कांग्रेस गोरखाका नगर उप–सभापति विशेश्वर श्रेष्ठ, वडा नम्बर ६ का वडा सभापति अजितकुमार श्रेष्ठ र सदस्य रंगुबाबु श्रेष्ठ समेतले वडा अध्यक्षमा दावी गरेका छन् ।
महिला आरक्षण तर्फ १ जनाका लागि ५ जनाको उम्मेद्वारी परेको छ । उम्मेदवारी दावी गर्नेमा सुनीता श्रेष्ठ थापा, रुपा थापा, मञ्जु अर्याल, सुनिता अर्याल, रमादेवी श्रेष्ठ रहेका छन् ।
दलित आरक्षणको १ सदस्यका लागि पनि ३ जनाको दावी परेको छ । जसमा भगवती बिक, मनिषा परियार, लालमाया सार्की रहेका छन् ।
उता खुल्ला सदस्य २ का लागि १३ जनाको नाम परेको छ । श्रीराम भुषाल मगर, दिपकबाबु श्रेष्ठ, सित्तलकाजी मास्के, प्रेमबाबु श्रेष्ठ, राजेन्द्र अर्याल, ओमबहादुर श्रेष्ठ, भरत श्रेष्ठ, इश्वरप्रसाद लामिछाने, जमिल मियाँ, मिलन राना, बर्गतुल्ला मियाँ, हरिप्रसाद गोतामे, भिमबहादुर बिकले आ–आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् ।


