काठमाण्डौं । गीतकार रमेश दाहालको प्रेमिल शब्दमा रहेको निशब्द’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका सुरक्षा सेन्चुरीको स्वरमा रहेको यस गीतलाई टिका दाहालले संगीतवद्द गरेका हुन् । राहुल प्रधानको गीतमा संगीत संयोजन रहेको छ ।
युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र गायिका सुरक्षा सेन्चुरी फिचर्ड छन् । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।
गायिका सेन्चुरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायिका सेन्चुरी नेपाली संगीतमा उदयमान गायिकाका रुपमा परिचित छिन् । उनले छोटो समयमा थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् । आफ्नो नयाँ म्युजिक भिडियोलाई माया गरिदिन सबैलाई आग्रह गरेकी छिन् ।


