गोरखा । गोरखाको मझुवा देउरालीको भिरबाट लडेर १ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला तनहुँ, आँबुखैरेनी गाउँपालिका ३ बस्ने बर्ष ६८ को मोहनलाल थापा भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
मंगलबार घरबाट सम्धीका जान भनेर हिडेका उनी दिउसो ४ बजेको समयमा गोरखा नगरपालिका १३ को मझुवादेउराली स्थित गल्छिन भिरबाट लडी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी निरिक्षक एवं सुचना अधिकारी धर्मबहादुर अधिकारीले जानकारी दिए ।
मृत्तक थापाको शब पोष्टमार्टम कार्य सकिको र शव परिवारलाई बुझाइएको गोरखा प्रहरीले जनाएको छ । मृत्तक भूपु असई भएकाे पुष्टी भएकाे छ ।
घटना सम्बन्धमा अनुसन्धान कार्य भई रहेको पनि गोरखा प्रहरीले जनाएको छ ।


