साँकेतिक तस्बिर
गोरखा । हालै निर्माण सम्पन्न भएको गोरखा अस्पतालमा रगतको कल्चर र सेन्सेटिभीटि सेवा सुरु गरिएको छ । अस्पताल सुविधा सम्पन्न भए लगत्तै कल्चर र सेन्सेटिभीटिको सेवा प्रारम्भ गरिएको हो ।
रगतको कल्चर र सेन्सेटिभीटि सेवा दिन नसक्दा हजुवाको भरमा औषधी चलाउनु पर्ने बाध्यता हटेको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए । ‘हिजोसम्म रगत कल्चर र सेन्सेटिभीटि सेवा दिन नसक्दा हचुवाकै भरमा औषधी दिनुपर्ने बाध्यता अब नरहेको’ भन्दै सूचना अधिकारी ढकालले ‘अबका दिनमा जस्तो सुकै बिरामीको पनि रोग पहिचान हुने र रोग अनुसारकै औषधी सिफारीस गर्न विशेषज्ञ डाक्टरहरुलाई सहज भएको’ बताए ।
विश्वमा नै प्रभावकारी मानिएको यो सेवालाई गोरखा अस्पतालले पनि सुरुवात गरेको हो । अस्पतालले पहिलो चरणमा रगत, खकार, दिशा र पिसाबको कल्चर सेवा उपलब्ध गराएको हो । ७२ घण्टामा आउने रिर्पोटले कुन रोगका लागि कुन औषधी उपयुत्त हो भन्ने कुरालाई पुष्ट्याई गर्ने गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.हरीकुमार श्रेष्ठले बताए ।
डा.श्रेष्ठका अनुसार कल्चर सेवाबाट बिरामीले अनावश्यक औषधी खान र विशेष डाक्टरहरुले अनावश्यक औषधी दिनबाट छुटकारा पाउने छन् । कल्चर गरिएको रिर्पोटले कुन औषधी प्रभावकारी हुन्छ भन्ने जानकारी समेत दिने हुदा बिरामीको पैसा बचत हुने र स्वास्थ्यकर्मीको सेवा समेत प्रभावकारी हुने डा.श्रेष्ठको भनाई छ ।
यो सेवा भएको अस्पतालको गुणस्तरमा समेत फरक पन आउने हुदा सेवा प्रारम्भ गरिएको गोरखा अस्पतालका सुचना अधिकारील ढकालले बताए ।
०७२ सालमा आएको बिनाशकारी ‘गोरखा भुकम्प’ले पुरानो संरचना कामै नलाग्ने गरी भत्कीए पछि लगत्तै जर्मन सरकारले गोरखा अस्पतालको पुनःनिर्माणको थालनी गरेको थियो । अहिले दाताले एउटा सुविधा सम्पन्न अस्पतालको लागि आवश्यक सबै सामाग्रीहरु उपलब्ध गराका कारण अस्पतालले बिगतमा दिदै आएको सेवा भन्दा बढी सेवा दिदै आएको छ ।
केही साता अगाडीबाट ८ जना बिशेषज्ञहरु मार्फत बिरामीहरुलाई सेवा दिदै आएको गोरखा अस्पतालले कल्चर र सेन्सेटिभीटि सेवा प्रारम्भ गर्दा अबका दिनमा जस्तो सुकै बिरामीहरुले पनि बाहिर जिल्लामा सेवा लिन जान नपर्नेभएको छ ।



