गोरखा । पृथ्वीनाराण साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाको आज सम्पन्न अधिवेशनले सिता खड्कालाई सर्व सम्मत अध्यक्ष चयन गरेको छ । सदरमुकाममा भएको १०औं साधारण सभा तथा ५औं अधिवेशनले खड्काको अध्यक्षमा ९ सदस्यीय कार्य समिति समेत चयन गरेको हो ।
गएको १८ गतेदेखी शुरु भएको अधिवेशन प्रतिनिधीका कारण स्थगन भएर आज निर्वाचन तोकिएको थियो । संस्थाको उपाध्यक्षमा सुरेशमान श्रेष्ठ, सचिवमा रामशरण आचार्य र कोषाध्यक्षमा नबिनकुमार श्रेष्ठ समेत सर्व सम्मत चयन भएका छन् ।
त्यस्तै गरी सदस्यहरुमा खडानन्द भट्ट, शरद श्रेष्ठ, काजीराम श्रेष्ठ, रञ्जिला श्रेष्ठ र सरस्वती घिमिरे पोखरेल चयन भएको उपभोत्ता समितिको कार्यालयले जनाएको छ ।
२०६० सालमा स्थापना भएको संस्थाले गोरखा नगरपालिकाको वडा नम्बर ६, ७ र ८ को १ हजार २७७ घर परिवारलाई पानी दिदै आएको छ । दैनिक १८ लाख लिटर भन्दा बढी पानी माग भएता पनि संस्थाले पछिल्लो समय १२ लाख लिटर पानी दिने गरेको पूर्व अध्यक्ष बिनोद अर्यालले जानकारी दिए ।


