गोरखा । कराँते प्रतियोगितामा गोरखाकालाई १ स्वार्ण सहित ६ पदक हात परेका छन् । नेपाल सितोरियो कराँते संघ सतुङ्गल शाखा डोजो र गणेशमान सिंह फाउनण्डेशनको सयुक्त आयोजनामा भएको राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाका खेलाडीहरुले १ स्वर्ण सहित ६ पदक हात पारेका हुन् ।
संघिय राजधानीमा चैत्र १५ र १६ गते आयोजित राष्ट्रिय कराँत प्रतियोगितामा १ स्वर्ण, ४ रजत र १ कास्य पदक गरी ६ पदक हात पारेका छन् । गोरखाबाट ६ जना खेलाडी सहभागिता रहेको पनि जिल्ला खेलकुद विकास समिति गोरखाका कराँते प्रशिक्षक ग्याचो लामाले जानकारी दिए ।
बिजेत मध्ये कुमुते फाइटको ५० केजी तौल समूहमा बुद्ध लामालाई स्वर्ण पदक सहित उत्कृट खेलाडी घोषित गरिएको थियो ।
कराँचेकै कुमुते फाइट अन्तरर्गतको ५५ केजी तौल समूहमा वमिन गुरुङ र ७५ केजी तौल समूहमा विशाल थापामगरले रजत पदक हात पारेका छन् । महिला तर्फको ५० केजी तौल समूहमा अनिता घलेले काँस्य पदक प्राप्त गरे ।
प्रतियोगिताको टिम काता तर्पm बुद्ध लामा, वमिन गुरुङ र विन्दान थापामगरले रजत पदक हात पारेको प्रशिक्षक लामाले जानकारी दिए ।
यस अघि राष्ट्रिय कराते प्रतियोगिता छनौटका लागि गण्डकी प्रदेश स्तरीय कराते प्रतियोगिता अन्तरर्गत पोखरामा सम्पन्न भएको खेलमा गोरखाबाट ६ जना खेलाडी सहभागिता रहेका थिए ।
त्यस्तै गरी, आगामी चैत्र २४ देखि २६ गतेसम्म काठमाण्डौंमा हुने प्रथम कृष्णप्रसाद भट्टराई स्मृति कराँते प्रतियोगितामा गोरखाबाट ६ जना खेलाडी सहभागिता जनाउने पनि जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।



