गोरखा । आसन्न स्थानिय निर्वाचनमा गठबन्धन गरी उम्मेदवारी दिने बिषयमा काँग्रेस, माओवादी, नेकपा एस र जसपा एकै ठाउँमा उभिएको छ । आज सदरमुकाममा भएको ४ पार्टीको संयुत्त बैठकले आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा गठबन्ध गर्ने गरी समिति समेत गठन गरेको हो ।
४ पार्टीको बैठकले केन्द्रिय संयन्त्रले दिएको निर्देशनलाई कार्यान्वयन गर्ने गरी नेपाली काँग्रेसका सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सदस्यीय समिति समेत गठन गरेको छ ।
बैठकले सरकारमा सहभागी गठवन्धनमा रहेका दलहरुका बिचमा स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेल गर्ने भन्दै न्यौपानेको संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गोरखाका अध्यक्ष लेखबहादुर थापा सहित नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का अध्यक्ष यादव बस्नेत र जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्ट सदस्य रहेको समिति गठन गरेको छ ।
समितिको बैठकमा गठवन्धन दल भित्रका जिम्मेवार नेता तथा कार्यकर्ताहरुले एक आपसमा आरोप प्रत्यारोप नगर्न नगराउन आ–आफ्नो दलका नेता तथा कार्यकर्तालाई अपिल गर्ने समेत निर्णय गरेको छ ।
निर्णयहरु



