गोरखा । गोरखा सेवा समाजले आज जिल्लाको विभिन्न बिद्यालयका ३ दर्जन बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरेको छ । समाजको आज गोरखा सदरमुकाम भएको चौथो साधारण सभा एवं दाश्रो अधिवेशन तथा छात्रबृत्ति बितरण कार्यक्रममा ३५ जना बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरिएको हो ।
सदरमुकाममा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि अशोककुमार गुरुङले उपस्थित बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरेका थिए । छात्रबृत्ति बितररण गर्दै प्रमुख अतिथि गुरुङले छात्रबृत्तिले बिद्यार्थीहरुलाई अध्ययनमा सहजता ल्याउने भन्दै यसको सही प्रयोगमा जोड दिए ।
समाजले शुक्रबार एक कार्यक्रम बिच प्राबि स्तरका १७, निमावि स्तरका ११ जना र मावि स्तरका ७ जनालाई स्कुल ब्याग, ड्रेस र स्टेशनरी सामाग्री बितरण गरेको हो । जसमा प्रावि स्तरलाई ५ हजार, निमावि ७ हजार ५०० र मावि स्तरका बिद्यार्थीहरुलाई १० हजार बरावरको सामाग्री उपलब्ध गराएको गोरखा सेवा समाज नेपालका उपाध्यक्ष गणेश बानियाँले जानकारी दिए ।
समाजले गोरखा सेवा समाज कतारबाट प्राप्त २५ लाख रुपैयाँको अक्षय कोषबाट प्राप्त ब्याज रकमबाट बर्षेनी स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गदै आएको छ ।
कार्यक्रममा बिशेष अतिथि शिक्षा बिकास तथा समन्वय ईकाइ गोरखाका प्रमुख विण्णुप्रसाद भट्टराई तथा अतिथीहरु गोरखा सेवा समाज नेपालका सल्लाहकार सुदर्शन भट्ट, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, गोरखा सेवा समाज कतारका संरक्षक श्रीकृण्ण भट्टराई र गोरखा सेवा समाज कतारका अध्यक्ष रामजी खत्रीले शुभ कामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा गोरखा र पालुङटार नगरपालिका साथै भीमसेन थापा, आरुघाट, बारपारपाक सुलिकोट र सिरानचोक गाउँपालिकाका ३५ जना बिद्यार्थीहरुलाई २ लाख ३७ हजार ५०० बरावरको शैक्षिक सामाग्री बितरण गरेको गोरखा सेवा समाज नेपालले जनाएको छ ।



