गोरखा । गोरखा सेवा समाज नेपालको अध्यक्षमा ईमान जंङ बानियाँ सर्व सम्मत अध्यक्ष चयन भएका छन् । समाजको आज गोरखा सदरमुकाममा भएको अधिवेशनमा बानियाँ सर्व सम्मत अध्यक्षमा चयन भएका हुन् ।
समाजको आज गोरखा सदरमुकाममा भएको चौथो साधारण सभा तथा दोश्रो अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा गणेश बानियाँ, सचिवमा हिक्मदिन मियाँ र कोषाध्यक्षमा काजिराम बानियाँ चयन भएका छन् ।
त्यस्तै गरी सदस्यहरुमा सन्दिप खत्री, सोम श्रेष्ठ, प्रेमप्रसाद पनेरु, मूस्तफा मियाँ र रिक्तबहादुर बानियाँ चयन भएका छन् । समाजको बिधान अनुसारको द्वितिय उपाध्यक्ष, सह सचिव, सह कोषाध्यक्ष र १ सदस्य पद भने आगामी बैठकले चयन गरेर पुर्णता दिने गोरखा सेवा समाजका अध्यक्ष ईमान जंङ बानियाँले जानकारी दिए ।
अधिवेशनमा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, बिशेष अतिथि शिक्षा बिकास तथा समन्वय ईकाइ गोरखाका प्रमुख विण्णुप्रसाद भट्टराई तथा अतिथीहरु गोरखा सेवा समाज नेपालका सल्लाहकार सुदर्शन भट्ट, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, गोरखा सेवा समाज कतारका संरक्षक श्रीकृण्ण भट्टराई र गोरखा सेवा समाज कतारका अध्यक्ष रामजी खत्रीले शुभ कामना मन्तब्य राखेका थिए ।
समाजले गाेरखा जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा बिगत ०७२ सालदेखी काम गर्दै आएकाे छ ।


