गोरखा । नेपाली काँग्रेस गोरखाले ८ जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ । गोरखा काँग्रेसले १३ जना मध्ये ८ जनालाई बुधबार मनोनित गरेको हो ।
मनोनित हुनेहरुमा निर्बतमान जिल्ला सभापति हरीबहादुर घले, महासमिति सदस्य एवं गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, चन्द्रप्रसाद पोखरेल, ईश्वर अधिकारी, विश्वदेव श्रेष्ठ, रीता देवकोटा, ललिता अधिकारी र सुकबहादुर बिकलाई मनोनित गरिएको जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए । अन्य ५ जना भने केही समय भित्रै मनोनित गर्ने सभापति न्यौपानेले बताए ।
केही समय अगाडी निर्वाचनबाट जिल्ला सदस्यमा आउन नसकेका विज्ञ, विशिष्ठ र क्षेत्रलाई समेटेर ८ जना मनोनित गरिएको नेपाली काँग्रेस गोरखाले जनाएको छ ।


