गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका घाईते, अपाङ र शहीदको सपना पुरा गर्न पनि स्थानीय चुनाव जित्नु पर्ने बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको नव निर्मित भबनको उद्घाटन गर्न ताकुकोट आएका अध्यक्ष दाहालले लाखौँ नेपाली जनताको सपना पुरा गर्न, जनयुद्धका घाईते तथा अपाङहरु र शहीदको सपना पुरा गर्न माओवादीले स्थानीय जसरी पनि जित्नुपर्ने बताएका हुन् ।
उनले अबको स्थानीय चुनाव माओवादीको लागि लँडाई जस्तै भएको भन्दै यो लडाई कुनै पनि हालतमा जित्नु बाहेकको बिकल्प नभएको बताए । ‘अरुले हार्दा जित्दा खासै फरक पर्दैन तर माओवादी केन्द्रले हार्दा गणतन्त्र हार्ने खतरा छ’ उनले भने ।
स्थानीय निर्वाचनमा शहीद र बेपत्ता परिवारका सदस्यकहाँ गएर माओवादी नेता कार्यकर्ताहरुले आफ्ना कमि कमजोरी नदोहो¥याउने प्रतिवद्धता गर्नुपर्ने उनले सुझाब दिए ।
माओवादी केन्द्रले विगतमा जितेको स्थानीय तह देशभरमा नै उत्कृष्ट भएको दावी गर्दै आउने चुनावमा जनताले माओवादीलाई जिताउने पनि विश्वास ब्यत्त गरे ।
उनले पाँच दलिय गठबन्धन फुटाउने र संविधान उल्ट्याउने खेल अझै नरोकिएको बताएको भन्दै चिन्ता ब्यक्त गरे । अध्यक्ष दाहालले गठबन्ध कुनै पनि हालतमा नटुटने भन्दै एमसिसि पास गर्दा सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने गरी समस्या हल गरिएको बताए ।
अध्यक्ष दाहालले २०७१ साल फागुन १४ गते बारपाक सुलिकोट गाउँपालिकाको भबन आफैले सिलान्यास गरेका थिए ।


