गोरखा । आसन्न स्थानिय निर्वाचनको पूर्व सन्ध्यामा जिल्ला भित्र ईजाजत लिएर हतियार राखेका सबैलाई चैत्र मसान्तसम्म हतियार बुझाउन प्रशासनले सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाबाट ईजाजत लिएर हतियार राख्दै आएका सबैलाई प्रशासनले चैत्र मसन्तसम्म हतियार बुझाउन भनेको हो ।
निर्वाचनलाई भरपर्दो र विश्वसनिय बनाउन भन्दै गोरखा प्रशासनले पाएक पर्ने नजिकको प्रहरी इकाईमा हतियार बुझाउन भनेको छ ।
चुनावमा हतियारको दुरुपयोग हुन सक्ने आशंका गर्दै प्रशासनले हतियार बुझाउन भनेको हो । बुझाएका सबै हतियार पुनः निर्वाचन सकिए लगत्तै सम्वन्धीत सबैले पाउने पनि प्रशासनले जनाएको छ ।


