गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब आउने निर्वाचन नेपाली जनताका लागी बिगतका गल्ती सच्याउने अबसर भएको बताए । गोरखा सदरमुकाममा आज आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै उनले जनताले दिएको एक भोटले गलत पार्टी र गलत नेताले जिते पुरै देशले दुःख पाउने बताए ।
उनले आउने एक बर्षको अबधीमा ३ तहको निर्वाचन हुने भएकाले सोचेर नेपाली जनता र देशको पक्षमा हुने गरी मतदान गर्न आग्रह समेत गरे । बिगतमा गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाइरहेको स्मरण गराउदै अध्यक्ष लिङदेलले अब सोचेर मात्र भोट दिन सबैमा आग्रह गरे ।
अध्यक्ष लिङदेन नेताले काम गरेन, भ्रष्टाचार ग¥यो भनेर गाली गर्नु भन्दा पनि जनता आफै सचेत भएर चुनाव मार्फत त्यस्ता शक्तिलाई परास्त गर्नुपर्नेमा जोड दिए ।‘
ठूला राजनीतिक पार्टीहरुले आफुहरु बिना देश नै चल्दैन भनेर घोषणा गर्न थालेको आरोप लगाउदै जनताले अब त्यस्ता दलहरुलाई निर्वाचन मार्फत जबाफ दिनु बेला आएको पनि उनले बताए । अध्यक्ष लिङदेनले पुराना पार्टी र आत्मासर्मपण बादी सोच र दृष्टिकोणको पछि लागेर चुनाव जिताएर देश बन्छ भन्ने सोच राख्नु मूर्खता हुने समेत बताए ।


