काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा बिदेशी मुद्रा सहित गोरखाकी रन्जिता श्रेष्ठ पक्राउ परेकी छिन् । अष्ट्रेलिया जान लागेकी श्रेष्ठबाट प्रहरीले १९ हजार ६०० अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर सहित पक्राउ गरेको हो ।
गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका ८ बोर्लाङ घर भएई काठमाण्डौं महानगरपालिका १३ बस्ने २३ वर्षीया श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
कतार एयरलाइन्सको उडानद्वारा काठमाण्डौंबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी श्रेष्ठले ल्याएको व्यागेज विमानस्थलमा खटिएको प्रहरीले एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त मुद्रा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















