गोरखा । नेपाल मुस्लिम संघ गोरखाको अध्यक्षमा जमिल मियाँ चयन भएका छन् । संघको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट मियाँ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनले २ उपाध्यक्षमा जमिल मियाँ (नफ्जल) र मोहमदिन मियाँलाई चयन गरेको छ भने सचिवमा सम्सुदिन मियाँ, महिला सचिवमा सजिरा बानु, सह सचिवमा महिबुब मियाँ र बाबुदिन मियाँ र कोषाध्यक्षमा मोहम्मद याकुव मियाँ चयन भएका छन् ।
जिल्ला सदस्यहरुमा सविना मियाँ, राजुदिन मियाँ, महरमली मियाँ, निजामदिन मियाँ, सम्मत अलि, महोमदिन मियाँ, दाउद स्लाम मियाँ, अब्दुल मियाँ, अस्गर अलि मियाँ, सुब्हान बक्स मियाँ र वलिम दिन मियाँ सर्वसम्मत भएका छन् ।
संघका जिल्ल अध्यक्ष अलिउल्ला मियाँको अध्यक्षमा भएको अधिवेशनमा नेपाली काँग्रेस गोरखाका सभापति नन्द प्रसाद न्यौपाने प्रमुख आतिथ्यता रहेका थिए ।
कार्यक्रममा काँग्रेसका महासमिती सदस्य राजनराज पन्त, नेपाल मुस्लिम संघका केन्द्रिय सचिव रहमतुल्ला मियाँ, केन्द्रिय सदस्य रजनी मियाँ, वडा नम्बर २ का पार्टी सभापति तिलक बहादुर बाँनियाँ, सलावतदिन मियाँ, मोहम्मद करिम मियाँ, जमिल मियाँ, इशाक मियाँ लगायतको उपस्थिती रहेको थियो ।


