×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५७ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखाका जीवन आले मगरद्वारा लिखित शोधग्रन्थ सार्वजनिक

  •  गोरखा समाचार
  • आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं । लेखक तथा खोजकर्ता जीवन आले मगरद्वारा लिखित शोधग्रन्थ ‘नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर’ नामक पुस्तक राजधानीको प्रज्ञा भवनमा आयोजित एक समारोहका वीच विमोचन गरिएको छ । शहिद लखन गाउँपालिका गोरखाले प्रकाशन गरेको उक्त शोधग्रन्थ नेपाल सरकारका माननीय संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेम वहादुर आले मगरले विमोचन गरेहुन् ।

    विमोचन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै मन्त्री आलेले राणा शासनको विरुद्धमा जनस्तरवाट राजनीतिक संगठन गरी लखन थापा मगरको नेतृत्वमा करिव दुई हजार जनसेना तयार गरी विसं १९२७ देखि १९३३ सालसम्म पहिलो पटक नेपाली जनताहरुले विद्रोह गरेको घटनाले ऐतिहासिक महत्त्व वोकेको वताए । राणा शासकले नेल र कोर्रा हानी चरम यातना प्रदान गर्दा पनि लोकतन्त्र र जन अधिकार स्थापनाका एजेण्डा नछाडि लखन थापा निर्भिकताका साथ अडिग रहेको उल्लेख गरे ।

    लेखक जीवन आले मगर

    विसं २०७२ असोज ३ गते नेपाल सरकारले लखन थापा मगरलाई पहिलो शहीद घोषणा गरि उच्च सम्मान गरेको मन्त्री आलेले वताए । मन्त्री आलेले लखक थापालाई सम्मान गर्न र गोरखा जिल्लाको शहिद लखन गाउँपालिका ७ मा रहेको ‘लखन स्मारक विद्रोही किल्लाको विकासका लागि सरकारले ध्यान दिने बचन दिए ।

    ‘मन्त्री आलेले नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर’ नामक पुस्तकमा लेखक जीवन आले मगरले लखन थापा मगरको वीरतापूर्ण जीवनगाथाको सजीव चित्रण गरेकाले महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज वन्ने विश्वास ब्यक्त गरे ।

    कार्यक्रममा वोल्दै आदिबासी जनजाति आयोगका अध्यक्ष रामवहादुर थापा मगरले राणा सरकारको आदेशमा विसं १९३३ मा गोरखा जिल्लाको हालको शहिद लखन गाउँपालिका ७, वुङ्कोट काहुले भङ्गारमा लखन थापा मगर, जयसिंह चुमी राना मगर, जीतमान गुरुङ, अछामी मगर, अजपसिंह थापा मगर, विराज थापा मगर र जुठ्या थापा मगरलाई झुण्ड्याइएको वताए । उनले शहादत प्राप्त गर्नु मानव जीवनको सवैभन्दा ठूलो देन भएको विचार ब्यक्त गरे ।

    उक्त कार्यक्रममा राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले इतिहासमा मगरहरु शासक रहेको वताउँदै राष्ट्र निर्माणमा लखन थापा लगायत हजारौं मगर योद्धाहरुले वलिदानी प्रदान गरेको वताए ।

    कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा।जगमान गुरुङले प्रथम शहीद लखन थापा मगर जस्तो ऐतिहासिक व्यक्तित्वको जीवनी लेखेर लेखकले राम्रो कार्य गरेको वताए ।

    कार्यक्रममा नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगरले लखन थापा मगरको योगदान कुनै जाति विशेषको लागि मात्रै नभइ सिंगो नेपाल राष्ट्र र नेपाली जनताहरुको हीतका लागि भएको बताए ।

    सोही कार्यक्रममा वोल्दै इतिहासकार प्रा.डा.रामप्रसाद उपाध्यायले लखन थापा मगरलाई राष्ट्रिय विभूती घोषणा गर्नुपर्ने वताए ।

    कार्यक्रममा शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेशवावु थापा मगरले मन्त्री आले मार्फत् नेपाल सरकार समक्ष ८ वँदे ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गरि उनले शहादत प्राप्त गरेको दिन सार्वजनिक विदा व्यवस्था गरि सरकारी स्तरवाट राष्ट्रिय रुपमा मनाउनुपर्ने, उनीसँगै बलिदानी दिने अन्य ६ जनालाई शहीद घोषणा गर्नुपर्ने, उक्त जनविद्रोहमा तत्काल मृत्युवरण नगरेपनि क्रान्तिकारी युद्ध मोर्चामा सक्रिय हुनेहरुलाई प्रथम जनविद्रोहका योद्धाको रुपमा राज्यवाट सम्मान प्रदान गर्नुपर्ने र लखन थापा मगर लगायत उनका सहयोद्धाहरुको जीवनी विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरुमा समावेश गरिनुपर्ने माग गरीएको छ ।

    गाउँपालिकाले वुझाएको उक्त ज्ञापन पत्रमा लखन स्मारक विद्रोही किल्लाको विकास र संरक्षणका लागि सरकारले वजेट व्यवस्था गर्नुपर्ने, शहीद लखन गाउँपालिकामा अवस्थित प्रसिद्ध मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न र प्रथम प्रधानमन्त्री भिमसेन थापा मगरद्वारा निर्मित भिमविरेश्वर मन्दिर वुढीगण्डकी जलविधुत परियोजना निर्माणका क्रममा डुवानमा पर्ने भएकाले यथाशीघ्र स्थानान्तरण गर्न समेत माग गरिएको छ ।

    लेखक शहिद गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत हुन । कार्यक्रममा बोल्दै लेखक मगरले प्रथम शहीद लखन थापा मगरको वारेमा प्राप्त ऐतिहासिक दस्तावेज, लखन स्मारक किल्लाको भग्नाबशेषको अवलोकन तथा ऐतिहासिक तथ्य एवम् घटनाक्रमहरुको वस्तुगत तथ्य र प्रमाणको आधारमा उक्त शोधग्रन्थ तयार गरिएको जानकारी गराए ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, चैत ०६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.