गोरखा । गोरखा सदरमुकामा जारी गोरखा लिग फुटबलमा सदरमुकामकै सतिपिपल क्लबले जित हात पारेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा भएको जिल्ला लिग फुटबल २०७८ को उपाधि सतिपिपल क्लवले उचालेको हो ।
फाइनलमा पुगेको हरमटारी क्लव र सतिपिपल क्लब बिच शनिबार भएको खेलमा हरमटारीलाई २–१ गोल अन्तरले पछिपार्दै सतिपिपलले उपाधि उचालेको हो । लिग च्याम्पियन भए संगै सतिपिपल क्लबले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
लिगको उप बिजेता हरमटारी क्लवले नगद ५० हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्रमा पाएको छ । बिजेता सतिपिपल क्लबले अब गण्डकी प्रदेश स्तरीय लिगमा सहभागी हुन पाउने अवशर पाएको एन्फा गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जनानकारी दिए ।
गोरखा नगरपालिका १० को छेवेटार खेलकुद मैदानमा भएको फाईनल खेलमा ए पोलबाट लिग बिजेता हरमटारी र बी पोलबाट बिजेता सतिपिपल बीच खेल भएको थियो ।
फागुन २१ गतेदेखि भएको प्रतियोगितामा एन्फा गोरखामा आवद्ध बिभिन्न ११ टिमको सहभागीता रहेको एन्फा गोरखाले जनाएको छ ।
खेल अवधीभर राम्रो खेल प्रर्दशन गरेको भन्दै च्याङ्ली स्पोटर्सलाई नगद ५ हजार सहित फेयर प्लेको उपाधी प्रदान गरिएको छ । त्यस्तै गरी हरमटारी क्लवका सुदीप क्षेत्रीलाई सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो भने उत्कृष्ट गोलरक्षक सतिपिपल क्लवका रबिन गुरुङलाई प्रदान गरिएको एन्फा गोरखाले जानकारी दिएको छ ।
मिल्ड फिल्डर तर्फ हरमटारीका बिप्सन गुरुङ, स्टाईकरमा सतिपिपलका सन्तबहादुर तामाङ र उत्कृष्ट डिफेन्डर तर्फ सतिपिपलका प्रज्वल देवकोटा पुरस्कृत भएका थिए । उनीहरुलाई एन्फा गोरखाले नगद ३ हजार ५०० सहित सहित प्रमाण पत्र र मेडल पाए प्रदान गरिएको थियो ।
बिजयी टिम र उत्कृष्ट खेलाडीलाई एन्फाका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार बितरण गरेका थिए । पुरस्कार बितरण कार्यक्रममा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङलाई प्रमुख आथिती बनाईएको थियो । त्यतामा शनिवार जिल्ला लिगको फाईनल खेल भएको थियो । मन्त्री गुरुङले गोरखा स्थित हरमटारी खेलमैदान र छेपेटार मैदानको डिपिआर गर्न चालु वर्ष नै बजेट बिनियोजन गर्ने बताए । साथै उनले एन्फा गोरखालाई एक लाख नगद र पाँच वटा फुटबल पनि हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कंडेलको समेत उपस्थिती रहेको थियो ।



