गोरखा । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गोरखाको लाप्राक र बारपाक क्षेत्रमा गनुपर्ने बिकासमा आफ्नो पहल हुने प्रतिबद्वता ब्यत्त गरेका छन् । भुकम्पले क्षती पुरयाएका गोरखाको लाप्राक र बारपाक क्षेत्रमा आयाेजित कार्यक्रमलाई संबाेधन गर्दै आज पूर्वप्रधानमन्त्री नेपालले उक्त क्षेत्रकाे बिकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।
एकिकृत समाजबादी पार्टी गोरखाले लाप्राकमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुदै पार्टीका केन्द्रीय अध्यक्ष नेपालले लाप्राकसम्म सडकबाटो स्तरोन्नती, स्वस्थ्य खानेपानी तथा स्थानियलाई बिजुलीमा पहुँच पु¥याउनका सम्बन्धित निकाय मार्फत पहल गर्ने बताए थिए ।
लाप्राकमा रहेको नमुनाबस्तीमा खानेपानीको अभाव भएको स्थानियको गुनासो पछि अध्यक्ष नेपालले राजधानी फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने बचन दिए । उनले कार्यक्रममा लाप्राकसम्म आउजाउ गर्न बाटोको काम भएता पनि त्यो सुस्त गतिमा भएको भन्दै लाप्राकसम्म नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन जडान र मोटर बाटो छिटो भन्दा छिटो बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै बिकासका लागि जनता पनि चनाखो हुनुपर्ने भन्दै पूर्वप्रधानमन्त्री नेपालले बिकासका लागि सामुहिकतामा लागेर काम गर्न पनि उनले आग्रह गरे ।
पूर्व प्रधानमन्त्रि नेपालले भौगोलिक हिसावले लाप्राकको प्राकृतिक सुन्दरता र मनोरम दृष्यका कारण यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागि समस्या नहुने भन्दै आन्तरिक तथा बाह्य पर्यटकको लाप्राकसम्म आइपुग्ने वातावरण बनाउनका लागि कालोपत्रे सडक निर्माणको कामलाई प्राथामिकता दिनुपर्नेमा जोड दिए ।


