गोरखा । लायन्स क्लब अफ गोरखाको अध्यक्षमा लक्ष्मण आचार्य सर्ब सम्मत चयन भएका छन् । बर्ष २०२२–२०२३ को लागि अध्यक्षमा आचार्य सर्व सम्मत चयन भएका हुन् ।
क्लबको गोरखा दरमुकाममा भएको भेलाले प्रथम उपाध्यक्ष भगवान मास्के, द्वितीय उपाध्यक्ष सुजन कुवर र तृतीय उपाध्यक्ष अयोध्या जोशिलार्य चयन गरेको छ ।
त्यस्तै गरी सचिब सरद श्रेष्ठ कोषाध्यक्षमा गोबिन्द गुरुङ चयन भएको लायन्स क्लब अफ गोरखाले जनाएको छ ।
त्यस्तै मेम्बरसिप ग्रोथ चियरपर्सनमा सञ्जय अधिकारी, क्लब सर्भिस चियरपर्सनमा दिपक श्रेष्ठ, क्लब मार्केटिङ एण्ड कम्यूनिकेशन चियरपर्सनमा शिवध्वज खत्री, क्लब एडमिस्ट्रेटरमा शित्तलकाजी मास्के, सिएलआईएफ चियरपर्सनमा योंङकुमार श्रेष्ठ, क्लब डाइरेक्टरमा अञ्जितकुमार श्रेष्ठ । अच्यूतलाल श्रेष्ठ र लियो एडभाईजरमा श्यामबावु श्रेष्ठ चयन भएको लायन्स क्लब अफ गोरखाले जानकारी दिएको छ ।
क्लबले बिगत लामो सयमदेखी जिल्ला सदरमुकाम र ग्रामिण भेगमा आँखा सम्वन्धी सामाजिक काम गर्दै आएको छ ।




















