गोरखा । लायन्स क्लब अफ गोरखाकालिकाको अध्यक्षमा कल्पना श्रेष्ठ सर्व सम्मत चयन भएकी छिन् । बर्ष २०२२–२०२३ को अध्यक्ष श्रेष्ठ सर्व सम्मत चयन भएको लायन्स क्लब अफ गोरखाकालिकाले जनाएको छ ।
क्लबको प्रथम उपाध्यक्ष मा कमला श्रेष्ठ द्वितीय उपाध्यक्ष मा सारदा खत्री र तृतीय उपाध्यक्ष मा सरिता मास्के चयन भएकी छिन् ।
त्यस्तै गरी सचीव प्रेमिता श्रेष्ठ, क्लब एम्बेस्डर संतोषी जोशी र कोषाधयक्ष लक्ष्मी श्रेष्ठ सर्व सम्मत चयन भएको क्लबले जानकारी दिएको छ ।
त्यस्तै मेम्बर सिप चियर पर्सन रजस्मा मास्के, एलसिआईएफमा पुर्णकुमारी शाहि, क्लब सर्भिस चियर पर्सन सजना श्रेष्ठ, क्लब मार्केटिङ मिमि श्रेष्ठ, डाइरेक्टरहरु मलिना मास्के, दुर्गा केसी, सुनिता अर्याल र सदस्यहरु अञ्जु मकाजु, सानु थापा, सृजना पाण्डे, बिजु देबकोटा रञ्जु केसी र अस्मिता कट्टेल चयन भएको क्लबले जनाएको छन ्।
क्लबले जिल्लाको विभिन्न स्थानमा वृक्षारोपण, आँखा जाँच शिविर, महिलाको पाठेघर सम्वन्धी समस्याको स्क्रिनिङ क्याम्प तथा अभिभावक विहिन बिद्यार्थीहरुलाई विभिन्न सहयोगको काम गर्दै आएको छ ।


