गोरखा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गोरखाको अध्यक्षमा शिव पोखरेल सर्व सम्मत चयन भएका छन् । संगठनको १०औं जिल्ला अधिबेशनले अध्यक्षमा पोखरेललाई सर्व सम्मत चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा रेशम नेपाली (कपिल), सचिब बिनोद पोख्रेल, उप सचिब पुष्कर श्रेष्ठ र कोषाध्यक्ष पदम थापा चयन भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गोरखाले जानकारी दिएको छ ।
अधिवशेनबाट सदस्यहरुमा राजु सुनार, नबिन गुरुङ, जीवन रोक्का, सुबाश नेपाली, बावुराम श्रेष्ठ, अर्जुन पाण्डे, लेखबहादुर रम्तेल, मनोज भुजेल र उत्तम थापा मनोनित भएको अध्यष पोखरेलले जानकारी दिए ।
१५ सदस्यीय जिल्ला कार्य समितिमा १४ जना निर्वाचित भएर आएको र १ जना भने पहिलो बैठकले मनोनित गर्ने अध्यक्ष पोखरेलले बताए ।


