साँकेतिक तस्बिर
गोरखा । गोरखाको सौरपानीमा जुवा खेलीरहेको अवस्थामा १३ जनलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारपाक सुलिकोट गाउँपालिका ३ को सौरपानीबाट जुवातास खेलिरहेको अवस्थामा भिमसेन थापा गाउँपालिका ५ बस्ने ६० वर्षीय बुद्धिप्रसाद पोख्रेल समेत १९ जनालाई बुधबारराति प्रहरीको टोलीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९० हजार ८४० रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




















