गोरखा । नेकपा माओबादी केन्द्रको पालुङटार नगर समितिको अध्यक्षमा विबस चिन्तन निर्वाचित हुनुभएका छन् । आज नगरपार्टी समितिका पदाधिकारीको लागी भएको निर्वाचनमा चिन्तन अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा मदन देवकोटाले प्रतिस्पर्धा गरेका थिए ।
उपाध्यक्षमा सुमन आर्चाय, ऋषिराज धौराली र शर्मिला बगाले निर्वाचित भएका छन्् । उपाध्यक्षमा गोबिन्द बराकोटी, मानबहादुर पौडेल र रामचन्द्र तिवारी समेत प्रतिस्पर्धामा रहेका थिए ।
त्यस्तै नगरसमितिको सचिवमा शंकर कंडेल सह सचिवमा बुद्धी गुरुङ निर्वाचित भएका छन् । नगरसमितिको सचिवमा आशिष देवकोटा र सह सचिवमा बसन्त देवकोटा र तारा तामाङ प्रतिस्पर्धामा उत्रिएका थिए ।
समितिको कोषाध्यक्षमा भने बिकास भट्टराई सर्वसम्मत चयन भएका छन् । नेकपा माओबादी केन्द्रको बिधान अनुसार नगरपार्टीको अधिबेशनबाट निर्वाचित भएको नगरसमितिका सदस्यहरु मध्येबाट नगरसमितिका पदाधिकारीको निर्वाचन गरिएको हो ।


