काठमाण्डौं । गायक सनिश श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘फलिङ फर यु’ सार्वजनिक गरेका छन् ।
डान्सिङ भर्सनको यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा संगीतवद्द गरेका हुन् । जावेद खानले छायाँकन गरेको यस भिडियोमा इरा महर्जनको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोमा कविता नेपाली र किरण तामाङ फिचर्ड छन् ।
लुपी इन्टरटेन्मेण्टको प्रस्तुति रहेको यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो । प्रगती बोगटी निर्माता र समिप सुवेदी भिडियोको सह(निर्माता हुन् । यसअघि लुपी इन्टरटेन्मेण्टको प्रस्तुतिमा ‘निन्दरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ ।




















