गोरखा । जिल्लाको शहिद लखन गाउँपालिकामा एकल महिलाहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमूखीकरण कार्यक्रमू सम्पन्न भएको छ ।
बुधबार भएको कार्यक्रममा गाउँपालिकाको वडा नंम्बर २ र ३ का गरी करिब ४० जना एकल महिलाहरुको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा मनकामना साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबाबु श्रेष्ठले एकल महिलाका लागि आयआर्जनका विविध पाटाहरु बारेमा सहजिकरण गरेका थिए । साथै, गाउँपालिका कार्यालयका प्रशासन शाखा प्रमुख हिमलाल चापागाईले वित्तीय साक्षरताका आयामहरुका बारेमा प्रष्ट पार्दै एकल महिलाहरुका लागि आय आर्जन, रोजगारी प्रर्वद्धन तथा स्वावलम्बनको विकासको लागि गाउँपालिकाको प्रयास तथा सम्भावना विषयमा सहजिकरण गरेका थिए ।
अभिमुखीकरण कार्यक्रम वडा नम्बर २ का वडाअध्यक्ष अचलबाबु थापा मगरको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्य सकुन थापा मगर, कल्पना बयलकोटी तथा रुक्मणी गूरुङको समेत सहभागिता रहेको थियो ।


