गोरखा । गोरखा अजमरेका ७० बर्षिय बृद्व सम्र्पक बिहिन भएको को ९८ दिनपछी आज मृक्त फेला परेका छन् । गोरखा नगरपालिका १ अजमरेका ७० बर्षिया नारायणदत्त न्यौपाने ९८ दिनपछी बुधबार बिहान मृक्त फेला परेको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
गएको कात्र्तिक २३ गते बिहानै देखी सम्र्पक बिहिन भएका बृद्व न्यौपाने स्थानिय काम्रेको अजमरे खोल्सीमा मृक्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी निरिक्षक एवं सूचना अधिकारी धर्मबहादुर अधिकारीले जानकारी दिए ।
मानसिक अवस्था ठिक नभएका उनी घरबाट निश्किएदेखी सम्र्पक बिहिन हुदा परिवार तथा स्थानिय र प्रहरीले खोजबिन गर्दै आएको थियो । तर आज बिहान स्थानियले खोल्सीमा सडीगलेको अवस्थामा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको टोलीले तत्काल त्यहाँ रहेको सबुत प्रमाण देखाउदा न्यौपानेका छोरा नवराज न्यौपानेले मृक्त ब्यक्ति आफ्नै बुवा भएको जानकारी दिएको र स्थानियले पनि पुष्टी गरेको गोरखा प्रहरीले जनाएको छ ।
न्यौपानेको शव बुधबार बिहान ८ः०० बजेको समयमा स्थानियले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।




















