गोरखा । जिल्ला प्रशासन कार्यालयलाई झुक्यानमा पारी दोहोरो नागरिकता गोरखाकी १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले कास्की जिल्ला पोखरा महानगरपालिका ६ बैदाम माइती भई हाल काठमाण्डौ महानगरपालिका ३२ बस्ने २८ बर्षकी पुजा ढकाललाई पक्राउ गरिएको हो ।
ढकालले २०६७ मंसीर ८ गते जिल्ला प्रसासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएको र दोस्रो पटक फेरी गाइने सार्कीलाई बाबु बनाएर २०६७ मंसीर २८ गते नै जिल्ला प्रसासन कार्यालय गोरखाबाट नागरिकता बनाइएको देखिन आए पछि उनलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।
उनले दोस्रो नागरिकता बनाउदा भने पुजा गैरे सुनार उल्लेख गरेर लिइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
जिल्ला प्रसासन कार्यालय गोरखाले दोहोरो नागरिकता लिइएको पुष्टी हुनासाथ आबश्यक कारवाहीका लागी गोरखा प्रहरीलाई जानकारी गराएको थियो ।
पक्राउ परेकी ढकाललाई जिल्ला अदालत गोरखाबाट दोहोरो नागरिकता सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी आज ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।


