गोरखा । गोरखाको ढोडेनी चिसापानीमा आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा मामालाई गोरखा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शहिद लखन गाउँपालिका ८ को ढोडेनी चिसापानीमा १३ बर्षिया भान्जीलाई बलात्कार गरेको आरोपमा २९ बर्षिय मामालाई गोरखा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार फागुन १९ गते राती ९ः०० बजेको समयमा बलात्कार गरेको उजुरी दर्ता भए लगत्तै चैत्र १ गते पक्राउ हो । पक्राउ परेको उनलाई आज गोरखा जिल्ला अदालतमा जबरजस्ती करणीमा ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको सूचना अधिकारी एवं प्रहरी निरिक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।
बलात्कार भएको लामो समय पछि चैत्र १ गते मात्र प्रहरीमा जबरजस्ती करणी अन्तरर्गत मुद्वा परेको थियो ।



