गोरखा । संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले स्थानीय तहको निर्वाचनमा काँग्रेससंग गठबन्धन नहुने स्थिती आए बामगठबन्धन हुनसक्ने बताएका छन् ।
गोरखा अस्पताल गोरखाको नवनिर्मित भवनको उद्घाटनका लागि आज गोरखा आएका एकिकृत समाजबादी पार्टीका नेता समेत रहेका स्वास्थ्यमन्त्री खतिवडाले पत्रकारहरुसंग कुराकानी गर्दै संबिधानको रक्षाका लागि गरिएको बर्तमान गठबन्धनको निरन्तरता आफुहरुको पहिलो प्राथामिकताको भएको भन्दै स्थानीय तहको निर्वाचनमा काँग्रेससंग गठबन्धन नभएको खण्डमा बामगठबन्धन हुनसक्ने बताएका हुन् ।
‘उनले अहिलेको मुख्य आवश्यकता र प्राथामिकता काँग्रेस सहितको गठबन्धन नै हो, मन्त्री खतिवडाले भने, यदी काँग्रेस अहिलेको गठबन्धनमा नजाने स्थिती आएका बाम गठबन्धन हुन्छ ।’ उनले बाम गठबन्धन भएपनि एमालेसंगको गठबन्धन भने हुन नसक्ने बताए । ‘एमालेसंग तत्काल गठबन्धन सम्भव पनि छैन, उनले भने, ‘एमाले बाहेकका एकिकृत माओबादी केन्द्र, जनमेर्चा, जनता समाजबादी पार्टी लगायतका कम्युनिष्ट पार्टीहरु संग गठबन्धन हुनसक्छ ।’
देशको राजनीतिक आबश्यकताले काँग्रेससंगको बर्तमान गठबन्धन निर्माण भएको भन्दै उनले निर्वाचनसम्म यसैलाई निरन्तरता दिएर अघि बढ्नुपर्नेमा आफुहरुको जोड रहेको बताए । ‘एकिकृत समाजबादी पार्टीका नेताहरु, काग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्राथमिकता बर्तमान गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने भन्नेछ, मन्त्री खतिवडाले भने, तर अहिलेको गठबन्धनमा रहेका दलहरु कसैले पनि एमालेसंग कदापी गर्दैनन् ।’


