गोरखा । छुट पुर्जी नभएको भन्दै उत्तरी गोरखाबाट चिराईतो र अल्लो सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने ब्यत्ती धार्चे गाउँपालिका २ रुन्चेतका ४६ बर्षिय बुद्वराम गुरुङ भएको गोरखा प्रहरीले जनाएको छ ।
उत्तरी गोरखामा रहेको माछी खोला प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले बुद्वरामले बिक्रीका लागी संघिय राजधानी तर्फ लादै गरेको अवस्थामा प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा छुट पुर्जी नभए पछि उनी र उनले साथमा ल्याएको जडीबुटी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी निरिक्षक एवं सूचना अधिकारी धर्मबहादुर अधिकारीले जानकारी दिए ।
बुद्वरामको साथबाट प्रहरीले ४० केजी चिराईतो र ७० केजी अल्लो नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएको जडिवुटी र गुरुङलाई भोली (आइतबार) डिभिजन बन कार्यालय गोरखामा बुझाईने भएको छ ।
प्रहरीको प्ररम्भीक अनुसन्धानमा गुरुङले उक्त जडिबुटी गाउँका स्थानिय संग संकलन गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


