गोरखा । गोरखामा पुनः कोरोना संक्रमणका बिरामीहरु देखिन थालेको छ । साता दिनदेखी शुन्य रहेको संक्रमितहरुको संख्या पुन बिहिबारदेखी देखिन थालेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयका अनुसार बिहिबार गण्डकी गाउँपालिकामा ३ जना महिलामा गरिएको एन्टिजेन परिक्षणका क्रममा उनीहरुलाई पोजेटिभ देखिएको हो ।
कार्यालयका कोरोना फोकल पर्सन नारायणबावु अर्यालका अनुसार बिहिबार संक्रमण देखिएको भएता पनि शुक्रबार पालुङटारमा गरिएको एन्टिजेन परिक्षणमा कसैलाई पनि संक्रमण नदेखिएको फोकल पर्सन अर्यालले जानकारी दिए ।
जिल्लामा कोरोना संक्रमण देखिए संगै सबै स्थानिय तहमा एन्टिजेन परिक्षणमा तिब्रता दिईएको पनि कार्यालयले जनाएको छ ।


