गोरखा । निकट भविष्यमा हुन लागेको स्थानिय चुनावलाई लक्षित गर्दै नेपाली काँग्रेस गोरखाले आज गण्डकी गाउँपालिकाको भुम्लीचोकमा रहेको भैरब स्थानमा पालिका स्तरीय अन्तरक्रिया सम्पन्न गरेको छ ।
जिल्लाको सबै क्षेत्रलाई समेटेर चुनाव लक्षित सांगठानिक कार्यक्रम गर्ने उद्वेश्य अनुरुप शुक्रबार भैरब स्थानमा कार्यक्रमको आयोजना गरिएको नेपाली काँग्रेस गोरखाले जनाएको हो ।
गण्डकी गाउँपालिकाका पार्टी सपभापति होमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र १ (क) प्रदेस सभापति खुनप्रसाद रेग्मीले स्वागत मन्तव्य मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि नानु बास्तोला, प्रदेस महामन्त्री किरणबाबु श्रेष्ठ, नेपाली काँग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपाने र क्षेत्रीय सभापति नारायण लामिछानेले आ–आफ्नो धारणा राखेका थिए ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका कार्यक्रम टीका भट्टराई, बिलभद्र भट्ट र धनबहादुर भट्टलाई सम्मानीत गरिएको थियो ।
चुनाब लक्षित सांगठानिक कार्यक्रम अन्रर्गत यस अघि अजिरकोट, सिरानचोक, बारपाक सुलिकोट, शहिद लखन गाउँपालिका र पालुङटार नगरापालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको नेपाली काँग्रेस गोरखाका प्रबत्ता भगवानबावु मास्केले जानकारी दिए ।
फागुन २२ गतेदेखी चैत्र ३ गतेसम्म हुने कार्यक्रम अन्तरर्गत फागुन २८ गते भीमसेन थापा गाउँपालिकाको घ्याम्पेशाल बजार, फागुन २९ गते आरुघाट गाउँपालिकाको आरुघाट बजार, फागुन ३० गते धार्चे गाउँपालिकाको माछीखोला बजार र चैत्र १ गते गोरखा नगरपालिकाको रानीपोखरी परिषर कार्यक्रममो आयोजना गरिएको पनि प्रबत्ता मास्केले जानकारी दिए ।
जिल्लाको चुम नुब्री गाउँपालिकामा भने चैत्र ३ गते पछि कार्यक्रम सञ्चालन गर्ने नेपाली काँग्रेस गोरखाले जनाएको छ ।
तस्बिर भगवानबाबु मास्के


