गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक केदार खनालले नागरिकको सेवा नै प्रहरीको पहिलो प्रार्थमिकता भएको बताएका छन् । आज जिल्लाका क्रियाशिल पत्रकारहरु संग भेटघाट गर्दै सवै नागरिकको सेवा नै प्रहरीको पहिलो प्रार्थमिकता भएको बताएका हुन् ।
हालै जिल्लामा प्रहरी प्रमुमका रुपमा आएका खनालले जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी अव ब्यवसायी रुपमा अगाडी बड्ने र जिल्लाका सबै नागरिकको सेवामा लाग्ने उनले जानकारी गराएका हुन् ।
जिल्लामा आफु बस्दासम्म अपराधलाई न्यूनिकरण गर्नु मुख्य काम भएको जानकारी गराउदै चैत्र १ गतेदेखी अदालतले फैसला गरेर फरार भएका तथा विगतमा हराएका नागरिकहरुको घर घरमा पुगेर तथ्यांक संकलन गर्ने पनि जानकारी दिए । ‘अब प्रहरी ब्यवसायी हुन्छ’ भन्दै ‘विगतमा अपराध गरेर फरार भएका तथा हराएर पनि सम्र्पकमा नआएका परिवारका घर घरमा प्रत्येक १५ दिनमा प्रहरी उसको घरमा पुग्ने’ खनालले भने ।
विगतमा के भयो भने त्यसलाई विर्सीएर अब सबै संग सहकार्य गरेर समदुरी कामय गरेर गोरखा प्रहरी अगाडी बढ्ने प्रहरी उपरिक्षक खनालले बताए । ‘केही ब्यवहारीक कुरा बाहेक कानून उल्लघंन गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउने’ उनले प्रतिबता समेत जनाए ।



