काठमाण्डौं । कोरोनाको महामारी र लकडाउनको भोगाइलाई समेटेर तयार पारिएको म्युजिक भिडियो ‘धाउन नमिल्ने’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईको सुमधुर स्वर सुन्न सकिन्छ ।
डान्सिङ भर्सनको यस गीतमा गायक÷गीतकार डिपी खनालको शब्द, संगीतमा समावेश छ । राजु कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन् । भिडियोमा स्वयम् गायक सुभम चाम्लिङ राई र नग्मा श्रेष्ठको अभिनय रहेको छ ।
मनिक राईको कोरियोग्राफी रहेको यस गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँकन गरेका हुन् । अनिल रानाको भिडियोमा सम्पादन रहेको छ । किरण चाम्लिङ राईको निर्देशनमा भिडियो तयार पारिएको हो । गायिका मेलिना राईको युट्युव च्यानल ‘मेलिना राई’ मार्फत भिडियो सार्वजनिक भएको हो ।




















