गोरखा । गोरखा क्याम्पस गोरखामा प्राध्यापक संघको इकाइ समिति गठन गरिएको छ । त्रिभूवन विश्व बिद्यालय प्राध्यापक संघ अन्तरर्गत आज गोरखा क्याम्पसमा इकाइ समिति गठन गरिएको हो ।
इकाइ अध्यक्षमा रमेश अधिकारी सर्व सम्मत चयन भएका छन् । जसको उपाध्यक्षमा बिदुर बानियाँ, सचिवमा सञ्जय अधिकारी, सह सचिवमा सुशील अर्याल र कोषाध्यक्षमा पार्वती शाही चयन भएको गोरखा क्याम्पस इकाइ समितिले जानकारी दिएको छ ।
त्यस्तै गरी, सदस्यहरुमा बासुबावु खत्री, नवराज पाण्डे, शिवदत्त दवाडी र अशोकभक्त उपाध्याय चयन भएका छन् ।
क्याम्पस प्रमुख रामशरण बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख तथा पूर्व सभापति केशरसिं धामी, सहायक क्याम्पस प्रमुख कृण्णप्यारा श्रेष्ठ, बिद्यार्थी कल्याण प्रमुख राजकुमार श्रेष्ठ, प्रजातान्त्रिक प्राध्यापक संघका यदुप्रसाद अधिकारी, नेपाल प्रगतिशिल प्राध्यापक संगठनका महेन्द्र न्यौपाने र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका यादवप्रसाद शर्मा, त्रिवि कर्मचारी संघ क्याम्पस समितिका उपाध्यक्ष सुशीला थापा लगायतले शुभ कामना मन्तब्य राखेका थिए ।
तस्बिर अध्यष रमेश अधिकारीबाट


