गोरखा । मंगलबार दिउसोदेखी हराएका मसेलका बिकास भट्ट मृत्त फेला परेका छन् । भट्टको मृत्त शव गोरखा नगरपालिका १० को छेवेटारमा रहेको दरौदी खोलाको रहमा फेला परेको गोरखा प्रहरीले जनाएको छ ।
भीमसेन थापा गाउँपालिका १ मसेल देवी स्थानका भट्टको शव दरौदी किनारमा रहेको रहबाट बुधबार गोताखोरले निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिमनाथ घिमिरेले जानकारी दिए ।
सोही क्षेत्रमा काम भई रहेको तटबन्धमा जेसिबी मेशिनमा हेल्परका काम गर्दै आएका भट्ट मंगलबार दिउसो ३ः०० बजे फोनमा कुरा गर्न भनि निश्किए पछि बेपत्ता भएका थिए । भट्टको मंगलबार दिनैभरी खोजी भएता पनि पत्ता नलागे पछि दरौदी नदी किनारमा खोजी गर्ने क्रममा रह नजिकै कपडा र मोबाईल फेला परेपछी रातै भरी रहको पानी फाल्ने काम भएता पनि सफल नभए पछि बुधबार कुरिनटारमा रहेको शसत्र प्रहरीको उद्वार टोलीलाई बोलाईएको थियो ।
कुरिनटारबाट आएका शसत्रको गोताखोरको टोलीले सोही रहको पिधमा उनको मृत्त शव फेला पारेका थिए । भट्टको तटबन्धनमा प्रयोग गरिएको जारीमा खुट्टा अड्कीएको अवस्थामा गोताखोरले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा रहमा पौडी खेल्ने क्रममा उनको खुट्टा ग्याबिनको जालीमा अड्कीएर मृत्यु भएको अनुमान गरेको छ । भट्टको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ ।
प्रहरीले घटनाका बिषयमा अनुसन्धान सुरु गरेको प्रहरी निरिक्षक घिमिरले जानकारी दिए ।
भिडीयो बिजय श्रेष्ठको फेसबुक पेजबाट


