गोरखा । तेह् किलो बजारमा रहेको खानेपानी उपभोत्ता सहितिमा यम बसेल अध्यक्षमा चयन भएका छन् । गोरखा नगरपालिका १० मा रहेको तेह् किलो खानेपानी तथा सरसफाई समितिको चौथो अधिवेशनले बसेललाई अध्यक्षमा सर्व सम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लोकनाथ पाण्डे, सचिवमा कुमार पौडेल र कोषाध्यक्षमा सुष्मा श्रेष्ठ चयन भएको समितिले जनाएको छ । त्यस्तै गरी, सदस्यहरुमा अर्जुन बिसुन्के, जमुना ढकाल र बिमला पाठक चयन भएको अध्यक्ष बसेलले जानकारी दिए ।
अधिवेशनले पुरुषोत्तम ढकालको अध्यक्षतामा ३ सदस्यीय लेखा सुपेरिवेक्षण समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा कोपिला खड्का र दिपेन्द्रराज भट्ट रहेका छन् ।
वडाध्यक्ष रामबहादुर खड्काले उदघाटन गरेको उत्त अधिवेशनले सल्लाहकार समितिमा रामजीप्रसाद ढकाल, कमलप्रसाद पौडेल र बिमला श्रेष्ठलाई चयन गरिएको पनि उपभोत्ता समितिले जानकारी दिएको छ ।


