गोरखा । बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्थापना इकाइको संयोजकमा गोरखाका जगतकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ । नेपाल सरकारको ऊर्जा मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठलाई संयोजकमा नियुक्त गरिएको हो ।
भिमसेन थापा गाउँपालिका ५ बगुवाका श्रेष्ठ इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पूर्वाधार विकास अध्ययन केन्द्रका निर्देशन तथा पुल्चोक क्याम्पस सिभिल इन्जिनियरिङ विभागका सह–प्राध्यापक हुन् । उनले पोर्चुगलबाट सिभिल इन्जिनियरिङमा पीएचडी गरेका हुन् ।
सरकारले यस अघिका कृष्णबहादुर कार्कीलाई धितोपत्र बोर्डमा सरुवा गरे पछि इकाई संयोजकमा श्रेष्ठलाई नियुत्त गरेको हो ।


