गोरखा । गोरखाको चुलेभिरमा भ्यू पाकए निर्माणको काम थालनी सुरु गरिएको छ । जिल्लाको सहिद लखन गाउँपालिका ६ स्थित चुलेभिरमा ‘चुलेभिर भ्यू पार्क’ निर्माण हुने सुरु भएको हो ।
गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७८–०७९ मा बिनियोजन गरेको गाउँपालिकाचुलेभिरमा १० लाख रुपैयाको लागतमा भ्यू पार्क निर्माण गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत जीवन आलेमगरले जानकारी दिए ।
पार्कको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले एक कार्यक्रमका बिच शिलन्यास गरेका छन् । पार्क उपभोक्ता समिति मार्फत निर्माण हुन लागेको उपभोत्ता समितिका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
पर्यटन बिकास लागि टेवा पु¥याउने उद्देस्यले पार्क निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष रमेश थापामगरले बताए ।


