गोरखा । निकट भविष्यमा हुन लागेको स्थानिय चुनावको पूर्व सन्ध्यामा नेपाली काँग्रेस गोरखाले जिल्लाको सबै क्षेत्रलाई समेटेर चुनाव लक्षित सांगठानिक कार्यक्रम गर्ने भएको छ ।
गोरखा काँग्रेसले आज पार्टी कार्यालय तिनधारेमा पत्रकार सम्मेलन गरेर जिल्लाको सबै क्षेत्रलाई समेटेर चुनाब लक्षित सांगठानिक कार्यक्रम गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले जिल्लाका आमनागरिकले नेपाली काँग्रेस प्रति गरेको विश्वास टुट्न नदिन जनउत्तरदायी कार्यक्रम गर्न लागेको बताए । ‘बैशाख ३० गते हुने स्थानिय चुनाबलाई लक्षित गरेर आम नागरिकको बिचमा पुगेर सुझाव लिनका लागी कार्यक्रमको आयोजना गरिएको’ सभापति न्यौपानेले बताए ।
पालिका स्तरमा हुने यो कार्यक्रम लगत्तै टोल टोलमा समेत नेपाली काँग्रेसले यस्ता कार्यक्रम लैजान प्रतिनिधी चयन गरेको छ ।
कार्यक्रममा जिल्ला कार्य समितिका सबै पदाधिकारीका साथै केन्द्रिय सदस्य, पूर्व केन्द्रिय सदस्य, प्रदेश महा सचिव, क्षेत्रिय प्रतिनिधीका साथै अगुवा कार्यकताहरुको सहभागीता रहने नेपाली काँग्रेस गोरखाका सचिव किशोरजंङ थापाले जानकारी दिए ।
फागुन २२ गतेदेखी चैत्र ३ गतेसम्म हुने कार्यक्रमबाट जनस्तरबाट आएको सुझाव बाट स्थानिय निर्वाचनमा कस कसलाई उम्मेदवारी दिने भन्ने बिषयले पनि स्थान पाउने कार्यक्रममा जानकारी गराईएको थियो । ‘
कहाँ कहाँ कहिले कहिले हुन्छ कार्यक्रम
फागुन २२ गते अजिरकोट गाउँपालिकाको भच्चेक बजार
फागुन २३ गते सिरानचोक गाउँपालिकाको चित्रेपोखरी बजार
फागुन २४ गते पालुङटार नगरपालिकाको ठाँटीपोखरी बजार
फागुन २५गते बारपाक सुलिकोटको ताकुमाझ लाँकुरीबोट बजार
फागुन २६ गते शहिद लखन गाउँपालिकाको मनकामना बजार
फागुन २७ गते गण्डकी गाउँपालिकाको भुम्लीचोकमा रहेको भैरबस्थान
फागुन २८ गते भीमसेन थापा गाउँपालिकाको घ्याम्पेशाल बजार
फागुन २९ गते आरुघाट गाउँपालिकाको आरुघाट बजार
फागुन ३० गते धार्चे गाउँपालिकाको माछीखोला बजार
चैत्र १ गते गोरखा नगरपालिकाको रानीपोखरी परिषर
जिल्लाको चुम नुब्री गाउँपालिकामा भने चैत्र ३ गते पछि कार्यक्रम सञ्चालन गर्ने नेपाली काँग्रेस गोरखाका प्रबत्ता भगवानबाबु मास्केले जानकारी दिए ।


