काठमाण्डौं । काठमाण्डौं महानगरपालिका ४ को बिशालनगरस्थित सुरज ईलोक्ट्रिनिक्स मोबाइल पसलमा चोरी गरेको आरोपमा गोरखाका सुरेश गिरी सहित २ जनलाई प्रहरीले पक्राउ गरेको छ ।
पसलको पछाडीको झ्याल फुटाई चोरी गरेको आरोपमा काठमाण्डौं बुढानिलकण्ठ बस्ने गोरखा गण्डकी गाउँपालिका ५ दुर्बुङ २४ गिरी र बुढानिलकण्ठ बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका ५ घर भएका २२ वर्षीय गणेश क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार गिरी र क्षेत्रीले उक्त पसलको झ्याल फुटाई माघ १८ गते राति पसलमा रहेका बिभिन्न कम्पनीका ३७ थान सिलप्याक मोबाइल, १५ थान मर्मतका लागि राखिएका मोबाइल, १ थान गितार र २५ थान स्मार्ट घडी गरी करिब १६ लाख १२ हजार ५०० रुपैयाँ बराबरको धनमाल चोरी भएका थिए ।
घटनाको अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डौं महानगरपालिका २६ गोगंबुस्थितमा रहेको बिजि महल अगाडिबाट चोरीका सामान सहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट ८ थान सिलप्याक मोबाइल, ५ थान पुराना मोबाइल, ६ थान स्मार्ट घडी, १ थान गितार, १ थान पावर बैंक र १ थान आईआर नाईट भिजन समेत बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको महाशाखाले जनाएको छ ।


