गोरखा । गोरखा अस्पताल बिकास समितिमा नयाँ व्यवस्थापन समिति चयन भएको छ । गण्डकी प्रदेश मन्त्रिस्तरीय निर्णयबाट अस्पताल बिकास समितिको अध्यक्ष गोरखा बराहका लालप्रसाद श्रेष्ठलाई चयन गरेको हो ।
मन्त्रिस्तरीय निर्णयबाट समितिको सदस्यमा श्रवणकुमार जोशी, पूर्णमाया वन्त, अमृत बि।क, शोभा लामिछाने र पुष्पा श्रेष्ठलाई चयन गरिएको जनाइएको छ ।
समितिको कार्यकाल ३ बर्षको रहने छ । नव गठित समितिका अध्यक्ष श्रेष्ठले अस्पताल भित्र रहेका समस्याहरुको पहिचानका लागि दिर्घकालिन रुपमा नागरिकहरुलाई चुस्तदुरुस्त स्वास्थ्य उपचारको सेवा उपलब्ध गराउने आफ्नो पहिलो प्राथामिकता हुने बताए ।
श्रेष्ठले अस्पतालमा बिशेषज्ञ चिकित्सकहरु आउने तर अड्न नसक्नु प्रमुख समस्या रहेको भन्दै त्यसको समाधानका लागि सवै पक्षसंग छलफल गरेर स्थायी समाधानका लागि पहल गर्ने बताए ।
अस्पताल बिकास समितिको नयाँ व्यवस्थापनका लागि गएको कात्तिक अघि नै सिफारिस गरिएको थियो ।


