गोरखा । गोरखाको बुंकाृेट निवासी सिरिसा नेपालीले उच्च शिक्षा अध्ययनका लागि गाउँपालिकाबाट बिनियोजित २५ हजार रुपैयाँ प्राप्त गरेकी छिन् ।
पालिकाको वडा नम्बर ८ अन्तरर्गत सामुदायिक बिद्यालयबाट एसईई पास गरी उच्च शिक्षा अध्यनन गर्न चाहने दलित बिद्यार्थीहरुलाई प्रदान गरिने रकम मध्ये सिरिसालाई प्रदान गरिएको वडाध्यक्ष काशिनाथ अंगाईले बताए ।
सिरिसाले सामुदायिक बिद्यालयबाट एसईई पास गरी उच्च शिक्षाका लागि अहिले शहिद स्मृती उच्च माध्यामिक बिद्यालयमा अध्ययन गर्दै गरेको र शिक्षा प्रोत्साहन रकमबाट २५ हजार प्रदान गरिएको शहिद लखन गाउँपालिका ८ को कार्यालयले जनाएको छ ।
यस अघि नै सोही क्षेत्रमा बसोबास गरेर उच्च शिक्षाका लागि गोरखा सदरमुकामको शक्ति उच्च माध्यामिक बिद्यालयमा अध्ययन गर्दै गरेका सुशन नेपालीलाई पनि वडाले २५ हजार उनी अध्ययनरत बिद्यालयमा नै आएर वडाध्यक्षले बुझाएका थिए ।
सिरिसालाई पनि सोही शिर्षक अन्तरर्गत उनी अध्ययनरत शहिद लखन गाउँपालिका ७ को शहिद स्मृती उच्च माध्यामिक बिद्यालयमा भएको एक कार्यक्रममा वडाध्यक्ष अंगाईले २५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।
दुवै बिद्यालयले पाउने रकम सम्वन्धीत स्कुलको खातामा वडाले जम्मा गरिदिएको र विद्यालयले नगद बिद्यार्थीहरुलाई उपलब्ध गराएको हो ।



