काठमाण्डौं । आशा राना मगरको डेब्यु म्युजिक भिडियो ‘हाम्रो नजर’ सार्वजनिक भएको छ । जापानमा छायाँकन गरिएको यस भिडियोमा लक्ष्मण पुन लक्स र मोडल राना मगरको जोडीको रुपमा देखिएका छन् ।
गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको सुमधुर स्वर रहेको यस गीतमा तोरण थापा मगरको शब्द रहेको छ भने सुरेश कुमार क्षेत्रीको संगीत रहेको छ । रेन तामाङले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।
भिडियोमा अतिथि भूमिकामा राजु राना मगर र सुभेक्षा महर्जनको समेत अभिनय रहेको छ । गोविन्द बिष्टले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो । आशा राना मगर निर्मात्री रहेको यस भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।


