गोरखा । नेपाल नेत्र ज्योति संघ गोरखाको साधारण सभा सम्पन्न भएको छ । संघको गोरखा शाखाले सदरमुकाममा १०औं साधारण सभा सम्पन्न गरेको हो ।
सुगमदेखी दुर्गमसम्मका सर्व साधारणहरुले आँखा सम्वन्धी सबै सुविधा पाउनका लागि २०६३ सालमा स्थापना भएको हो । संघको साधारण सभामा सचिव रामबावु जोशी र कोषाध्यष योंङ्गकुमार श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन पास गरिएको छ ।
साथै संघले आगामी दिनमा गर्ने कार्यहरुको प्रस्ताव साधारण सभाबाट पास गरेको संघका जिल्ला सभापति रामकुमार श्रेष्ठले जानकारी दिए ।
संघले ०७६ साल मंसिर ८ गते अन्य जिल्लाका आँखा रोगीहरुले पनि सेवा पाउने गरी पालुङटार मा आँखा उपचार सेवा केन्द्र स्थापना गरेको सचिव रामबावु जोशीले जानकारी दिए ।
संघमा जिल्ला सभापति रामकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथी संघका संस्थापक अध्यक्ष पुरुर्षोत्तम अर्याल र सल्लाहकार धिरजबहादुर मास्केले शुभ कामना मन्तब्य राखेका थिए ।


