गोरखा । पछिल्लो पटक गोरखामो भुम्लीचोकमा पनि प्रहरी चौकीको स्थापना गरिएको छ । स्थानियको माग र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दे बुधबार भुम्लीचोकमा प्रहरी चौकी स्थापना गरिएको गोरखा प्रहरीले जनाएको छ ।
नेपाल सरकारको मन्त्री परिषदको मिति २०७६ साल असोज ७ गतेको निर्णय अनुसार १५ जना प्रहरी रहने गरी प्रहरी चौकीको स्थापना गरिएको हो ।
चौकीमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा ३ जना प्रहरी हल्वदार र १० जना प्रहरी जवान तथा १ जना प्रहरी कार्यालय सहयोगि रहने गरी चौकीको स्थापना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
प्रहरी चौकीको आफ्नै भवन नभएका कारण अहिले गण्डकी गाउँपालिका ६ का बिमल पुलामीमगर र डिलबहादुर थापामगरको घरमा चौकी स्थापना गरिएको छ ।
चौकीको एक कार्यक्रम बिच प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानामगरले संयुत्त रुपमा रिबन काटेर उदघाटन गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी प्रमुख प्रहरी उपरिक्षक शेखर खनाल, उप अनुसन्धान निर्देशक सुदिप अधिकारी, शसत्र प्रहरी नायव उपरिक्षक रमेश थापा तथा गण्डकी गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा स्थानियको सहभागीता रहेको थियो ।


