गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाले बर्षेनी दिदै आएको शिक्षा प्रोत्त्साहन बापतको नगद यस पटक सुशन नेपालीले पाएका छन् ।
पालिका अन्रर्गत वडा नम्बर ८ ले आर्थिक बर्ष ०७८/०७९ मा वडा भित्रका विद्यालयबाट एसईई दिएर सदरमुकामको शक्ति उमाविमा उच्च शिक्षा अध्ययन गर्दै गरेका नेपालीलाई प्रदान गरिएको हो ।
नेपालीले शिक्षा प्रोत्साहन बापत नगद २५ हजार प्राप्त गरेका छन् । उत्त रकम आज एक कार्यक्रम बिच वडाध्यक्ष काशीनाथ अंगाईले शक्ति उमाविमा नेपालीलाई प्रदान गरेका थिए ।
वडा कार्यालयले प्रोत्साहन रकम प्राप्त गर्न मागेको आवेदन मध्ये शक्ति उमाविमा अध्ययनरत सुशन नेपाली र शहिद लखन गाउँपालिका ७ को शहिद स्मृती उमाविमा अध्ययनरत सिरिसा नेपाली छनौंट भएको वडाध्यक्ष अंगाईले जानकारी दिए ।
दुवै उमाविमा अध्ययनरत बिद्यार्थीहरुले पाउने रकम वडाले सम्वन्धीत उमाविको खातामा जम्मा गरिदिएको वडा कार्यालयले जनाएको छ । सोही रकम आज शक्ति उमाविले बिद्यार्थीलाई हस्तान्तरण गरेको हो ।


