गोरखा । गोरखाको घैरुङमा प्रहरी चौकी स्थापना गरिएको छ । शहिद लखन गाउँपालिका ६ को घैरुङमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
नेपाल सरकार मन्त्री परिषदले २०७६ साल असोज ७ गते गोरखाको घैरुङमा १५ जना प्रहरी रहने गरी चौकी स्थापना गर्न स्विकृती दिएको थियो । सोही अनुरुप चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।
स्थानिय कुलबहादुर गूरुङको घरमा स्थापना गरिएको चौकीमा प्रहरी सहायक निरिक्षकको नेतृत्वमा ३ जना प्रहरी हल्वलदार, १० जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी रहने गोरखा प्रहरीले जानकारी दिएको छ ।
चौकीको एक कार्यक्रम बिच प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबावु थापामगरले संयुत्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक शेखर खनाल, गोरखा जिल्लाका उप अनुसन्धान निर्देशक सुदिप अधिकारी, शसत्र प्रहरी निरिक्षक भाष्कर बस्नेत तथा शहिद लखन गाउँपालिका विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।


